दोलखामा माओवादीभन्दा एमाले ७०० मतान्तरले पछाडि

दोलखा । मंसिर १७, प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता थप फराकिलो बनाएका छन् ।
७ हजार ९९५ मत सहित कार्कीले अग्रता कायम गरिरहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ७०० मात्रै छ।
१० वटा मतदान केन्द्रमा पुन: मतदानपछि मात्र मतगणना सुरु भएको दोलखामा पनि गठबन्धनबाट उम्मेदवार कार्कीले अग्रता लिएका हुन्। बूथ कब्जा भएको भन्दै एमालेको निवेदन पछि १० मतदान केन्द्रमा पुन: मतदान गरिएको थियो।