रेशम चौधरी छुटाउन खोजिएको भन्दै अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २७, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आज बिहान राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लगाउदै त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित : 13 December, 2022

प्रतिक्रिया दिनुहोस्