अवकाश हुन ९ महिना अगावै सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २८, संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले भने ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

 

प्रकाशित : 14 December, 2022

प्रतिक्रिया दिनुहोस्