कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । पुस ५, कैलालीको गोदावरी नगरपालिका–१, धनगढी रोडमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–९ का २७ वर्षीय वीरेन्द्र मल्लको मृत्यु भएको हो । उनको उपचारका क्रममा धनगढीस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार २६ वर्षीय जीवन देउवा घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
गए राति करिब पौने ९ बजे मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।