बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

सहयात्रा टिभी

काठमाडौं । पुस १०, बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिनु भएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए ।

बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गरेका थिए । वि.सं. २०२४ सालमा कानुन, न्याय तथा शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत बन्नुभएका बस्नेत नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष समेत थिए ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश समेत रहेका बस्नेत नेपाल बार एसोसिएसनका संस्थापक सदस्य तथा निर्वाचन आयोगका प्रथम प्रमुख आयुक्त समेत थिए ।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर उनले नेपालको आन्तरिक उडान क्षेत्रमा भरपर्दो माध्यम खडा गरेका छन् । बस्नेतका २ छोरा र १ छोरी रहेका छन् ।

प्रकाशित : 25 December, 2022

प्रतिक्रिया दिनुहोस्