गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगे

सहयात्रा टिभी

काठमाडौं । पुस १३, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।

 

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

 

प्रकाशित : 28 December, 2022

प्रतिक्रिया दिनुहोस्