आप्सो नेपालको ६५औं बर्षगाठ कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौँ । पुस १७, आप्सो नेपालको ६५औं बर्षगाठको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी होटल उड्ल्याण्ड काडमाण्डौमा शनिबार भव्यताका साथ सम्पन्न भएको थियो ।
कार्यक्रमलाई नेपाल आप्सोकि सदस्य चन्दा घिमिरेले स्वागत मन्तव्य गरी उद्धघाटन गर्नु भएको थियो । आप्सो नेपालले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले नवउपनिवेशवाद शुरु भएको र स्वतन्त्राको अझै अपुर्ण रहेको तथा यो शक्ति राष्ट्रहरुको प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाको परिणाम हो भनि किटान गर्नु भयो ।
आप्सो नेपाल अर्थात नेपाल अफ्रो एसियाली जनएकता संगठनका अध्यक्ष एवं पुर्वमन्त्री कृपासुर शेर्पाले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा बोल्दै आप्सोका अध्यक्ष शेर्पाले विश्वशान्ति, नि: शस्त्रीकरण, स्वतन्त्रता, मानवअधिकारको पक्षमा स्थापनाकाल १९५८ देखि नै आवाज उठाउँदै अफ्रिकी र एसियाली दुई महादेशका जनता बीच पुलको काम यही संस्थाले जोडिरहेको प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. श्रीधर गौतम, महासचिव प्रा. डा. गोपाल पोखरेल( विवश), सचिव इन्द्र भण्डारीले पनि संस्थाको लामो विरासतमाथि प्रकाश पार्नु भएको थियो ।