मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन माघ २ मा हुने

सहयात्रा टिभी

काठमाडौं । पुस १९, मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएकाे छ ।

प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखकाे निर्वाचन हुने बताएका छन् । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदनका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको उनले बताए ।

मनोनित सदस्यहरूमा सांसदहरू रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।

प्रकाशित : 3 January, 2023

प्रतिक्रिया दिनुहोस्