गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

सहयात्रा टिभी

काठमाडौँ । पुस २०, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै
अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

प्रकाशित : 4 January, 2023

प्रतिक्रिया दिनुहोस्