धुलिखेलमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २४, काभ्रेको धुलिखेल नगरपालिका- ६ हस्पिटल चोकमा गए राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपालचोकको इन्द्रावति गाउँपालिका- ३ का ३० वर्षीय राजकुमार बानियाँ रहेका छन्।

धुलिखेल अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। हस्पिटल चोकबाट धुलिखेलतर्फ जाँदै गरेको बा८०प ९०४८ नम्बरको मोटरसाइकल गए राति १० बजे पल्टिएको थियो।

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्