सुटिङका क्रममा घाइते भए रोहित शेट्टी, डाक्टरले गरे हातको शल्यक्रिया

सहयात्रा टिभी

एजेन्सि । पुस २४, बलिउड फिल्म निर्माता रोहित शेट्टी सुटिङका क्रममा घाइते भएका छन्।

शनिबार घाइते भएका उनलाई हैदराबादस्थित अस्पतालमा भर्ना गरिएको छ। उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को सुटिङ गरिरहेका थिए। कार सिक्वेन्सको सुटिङका क्रममा उनको हातमा चोट लागेको हो। यो घटना हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीमा भएको हो।

रोहित शेट्टी एक्सन फिल्मका लागि परिचित छन्। रोहित शेट्टीको फिल्ममा प्रायः दुईवटा कार आपसमा भिड्ने गर्छन्। उनका सिंघम, दिलवाले र सूर्यवंशीजस्ता फिल्ममा दमदार एक्सन देखिएको छ। रोहित आफैं पनि एक्सन गर्न मन पराउँछन्। उनी रियालिटी शो ‘खतरों के खिलाडी’मा पनि खतरनाक स्टन्ट गर्दै देखिएका छन्।

वेब सिरिजको सुटिङका क्रममा रोहित शेट्टीलाई यो चोट लागेको हो। चिकित्सकले उनको हातको शल्यक्रिया गरेका छन्। रोहितलाई निर्माण टोलीले तत्कालै स्थानीय कमिनेनी अस्पतालमा भर्ना गरेको थियो। चिकित्सकको टोलीले उनको हातको सानो शल्यक्रिया गरेको हो।

उनका प्रवक्ताले भनेका छन्, ‘रोहित शेट्टी हिजो राति आफ्नो आगामी वेब सिरिज इन्डियन पुलिस फोर्सको एक्सन सिन सुटिङ गरिरहेका थिए। यस क्रममा उनको औंलामा सामान्य चोट लागेको छ। चोटको तत्काल उपचार गरेपछि उनले सुटिङ सुरु गरेका छन्।’

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्