लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । पौष २६, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे निर्णय गरेको र आज उनलाई विश्वासको मत दिने बताए । उनका अनुसार सरकारको साझा न्यूनतम कार्यक्रममा केही कुराहरू समेटिएको र अरू विषयमा सरकारसँग थप छलफल गर्ने सहमति भएको कारणले विश्वासको मत दिने निर्णय गरेको हो ।