पेस्तोलसहित दुई जना पक्राउ

सहयात्रा टिभी

धनगढी । पुस २८, कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको हो । देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 12 January, 2023

प्रतिक्रिया दिनुहोस्