पीडितको पक्षमा उभिन प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडाै । माघ २, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।
पुस २८ गते भएको सरुवापछि जिम्मेवारी हेरफेर भएका डीआर्इजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताए ।
विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।
अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसकै आधारमा नेतृट्ट्व चयन हुने बताए ।
प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव राखेर काम गर्न पनि उनको निर्देशन छ । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरुलाई उनले सधैँ पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गरेका छन् ।
कसैको प्रभाव वा दबबमा नपरी नागरिको साथी बन्ने गरी नियम कानुनको पालनमा दृढ रहन पनि मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
संगठनमा क्षमता भएकाहरुलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उनले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पारे ।