अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

सहयात्रा टिभी

काठमाडौं । माघ ३, नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको तथा पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको जानकारी दिए।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

प्रकाशित : 17 January, 2023

प्रतिक्रिया दिनुहोस्