३४ केजी चरेससहित तामाङ पक्राउ

सहयात्रा टिभी

काठमाडाै । माघ ११, नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषध सहित नियन्त्रणमा लिएको हो । तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : 25 January, 2023

प्रतिक्रिया दिनुहोस्