प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग

सहयात्रा टिभी

काठमाडौँ । माघ १२, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग गरेका छन् । बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका एक स्थानीय समिति सदस्यले बताए ।

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए ।

माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यसमा कांग्रेससित समेत सहमति खोज्नुपर्ने बताए ।

 

प्रकाशित : 26 January, 2023

प्रतिक्रिया दिनुहोस्