लोकदोहोरी गायक भीम पाैडेलको निधन

स्याङ्जा । माघ १३, लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ । स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उनि केही समयदेखि बिरामी थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय उनि लाइभ दोहोरीमा लोकप्रिय थिए ।