माओवादी स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । माघ १३, सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो ।
बिहीबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरिएको उनले बताए । अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन् । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ ।