एमालेकै उम्मेदवार राष्ट्रपति बन्छ, प्रदीप ज्ञवाली

काडमाडौँ । माघ १४, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन्। शनिबार बिहान पाल्पाको तानसेनमा पत्रकारसँग उनले यस्तो बताएका हुन्। सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने उनको उनको दाबी छ।
ज्ञवालीले राष्ट्रपति कांग्रेसले कुनै हालतमा नपाउने ठोकुवा गरे। धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा रहेको उनले आरोप लगाए।
बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको ज्ञवालीको भनाई छ। जसरी पनि सत्ता पुग्नका लागि मरिहत्ते गर्ने र राज्यको दोहन गर्नेबाहेक मुलुक बनाउने भिजन कांग्रेसमा नभएको ज्ञवालीले बताए।