मुख्यमन्त्री कार्की र प्रधानमन्त्री प्रचण्ड बीच भेटबार्ता

सहयात्रा टिभी

काठमाडाैँ । माघ १८, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बालुवाटारमा भएको भेटमा प्रदेश सरकारको काम कारबाही र सरकार विस्तारबारे छलफल भएको छ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । सरकार विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले केन्द्रका नेतासँग सहयोग मागिरहेका छन् ।

प्रकाशित : 1 February, 2023

प्रतिक्रिया दिनुहोस्