सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरू

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, सिंहदरवारमा मन्त्रिपरिषद बैठक सुरू भएको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उहाँहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

स्वतन्त्र पार्टीका तर्फबाट राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतवार बेलुकी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।

प्रकाशित : 6 February, 2023

प्रतिक्रिया दिनुहोस्