मधेश प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तार माओवादी पनि सहभागी

काठमाडौं । माघ २४, मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् । उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् ।
नियुक्तिको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी सरकारले दिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।