चलचित्र विकास बोर्डको सल्लाहकार रवीन्द्रले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौँ । माघ २४, चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् । खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी समेत दिएका छन् ।

उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभई कुनै पनि पदको लोभी छैन र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण पेस गरेको उल्लेख गरेका छन् ।

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्