‘बाहुबली’ स्टारर प्रभासको स्वास्थ्यलाई लिएर नयाँ खबर

काठमाडौ । माघ २७, भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ ।
अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् । स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ ।
प्रभास केही दिनदेखि उच्च ज्वरोबाट ग्रसित थिए । उनी उपचार गर्न अस्पताल पनि पुगे । डाक्टरले उनलाई आराम गर्न र उचित औषधि सेवन गर्न सल्लाह दिएका छन् ।
चिकित्सकको सल्लाहपछि प्रभासले केही दिन बिदा र आराम गर्ने निर्णय गरेका छन् । तर निको भइसकेपछि छिट्टै काममा फर्किने अपेक्षा गरिएको छ ।
यसैबीच, प्रभासले चाँडै अभिनेत्री कृति सेननसँग इन्गेजमेन्ट गर्ने खबर माल्दिभ्समा आगोझैं फैलिएको छ । इन्गेजमेन्टको हल्ला त्यतिबेला सुरु भयो, जब एक फिल्म समीक्षकले प्रभास र कृति सेनन चाँडै माल्दिभ्समा इन्गेजमेन्ट गर्न भनेर ट्वीट गरे । यो ट्वीटले इन्टरनेटमा आँधी ल्यायो । तर प्रभासले कृतिलाई साथी मात्र भएको बताउँदै आइरहेका छन् ।
प्रभास निकट स्रोतले यी हल्लाको खण्डन गर्दै काल्पनिक मात्र भएको दाबी गरेको छ । ‘प्रभास र कृति दुवै सहकलाकार हुन् र जसले जे पनि सुझाव दिन्छ, विश्वास गर्न सकिंदैन,’ स्रोतले भन्यो ।