विष्णु पौडेल : राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर

सहयात्रा टिभी

काठमाडौं । माघ २९, उपप्रधानमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको जानकारी दिए ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष अघिल्लो वर्ष भन्दा कम राजस्व संकलन भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए ।

तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी दिए । यो अंक गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको राजस्वभन्दा पनि १५ प्रतिशत कम हो ।

 

प्रकाशित : 12 February, 2023

प्रतिक्रिया दिनुहोस्