प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतबीच भेट

सहयात्रा टिभी

काठमाडाै । फाल्गुन २, प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डसँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङको टोलीले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार भेटमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगबारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारलाई दक्षिण कोरीयाले गर्दैआएको आर्थिक सहयोग तथा अन्य सहयोगका लागि धन्यवाद दिए । सो अवसरमा विशेष दूतले पनि नेपाल सरकारसँगको सम्बन्धबारेमा कोरियाली राष्ट्रपतिको सन्देश सुनाएको प्रम सचिवालयका सदस्यले बताए ।

प्रकाशित : 14 February, 2023

प्रतिक्रिया दिनुहोस्