रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।

सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो ।

अब प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै सरकारी वकिल कार्यालयले त्यसको अध्ययन गरी थप निर्णय लिनेछ ।

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्