आजदेखि कर्णाली महोत्सवको चौथो संस्करण सुरु

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ५, ‘कर्णाली महोत्सवको चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि सुरु हुँदैछ ।

आज बिहान ११ बजे उत्सवको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन् । त्यसअघि बाजासहित र्‍याली निकालिएको छ । तीन वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव ‘कुडा कर्णालीका’को चौथो संस्करण आइतबारसम्म चल्ने छ ।

कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए ।

 

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्