राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन । १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्