सांसद भण्डारीले बोल्न थाले

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा। डा। अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनियता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कडेँलले फेसबुकमा लेखेका छन् ।

गत बुधबार राति शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्