काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल पक्राउ

काठमाडौं । फाल्गुन ११, निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।
भेटवालले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए। लेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए ।
भेटवालले महानगरपालिकासँग भएको सम्झौतामा किर्ते गरी टहरा बनाएको समेत पाइएको छ । महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गरेको भन्दै महानगरले डोजर लगाएर पन्छाएको थियो ।