‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन्द्र साह लण्डन जाने

काठमाडौं । फाल्गुन ११, काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।
‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।
लण्डन भ्रमण मेयरमा निर्वाचित भएपछि साहको पहिलो सरकारी वैदेशिक भ्रमण हुनेछ । मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । निजी भ्रमणका क्रममा भने यसअघि मेयर साह इन्डोनेसिया गएका थिए ।