राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली आज प्रकाशन हुँदैछ ।

निर्वाचन आयोगले मतदाताहरुमाथि छानबिन गर्ने र आज अराह्न ४ बजेसम्म अन्तिम नामावाली प्रकाशन गर्न लागेको हो । आयोगले यसअघि नै फागुन १३ (भोलि) राष्ट्रपतिको उम्मेदवारी दर्ता मिति तय गरेको छ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन १० गते ८८१ जनाको नामावली सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा दुईजनाको नाम समावेश गरिएको छैन । प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा छ ।

फागुन २५ गते हुने राष्ट्रपति तथा चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले संघीय संसद्‍का ३३१ तथा प्रदेशसभाका ५५० सांसद गरी ८८१ जनाको नाम प्रकाशित गरेको थियो । जसमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम समावेश छैन ।

चितवन २ बाट निर्वाचित रवि लामिछानेको भने सांसद पद नै खारेज भइसकेको छ । नामावलीमा नाम समावेश नभए पनि चौधरीको निलम्बन फुकुवा भइसकेकाले उनले मतदान गर्न पाउने सम्भावना छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित : 24 February, 2023

प्रतिक्रिया दिनुहोस्