फागुन १९ गते सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड कतार जाने

काठमाडौं । फागुन १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जानु हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले त्यो सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ ।
त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ ।
नेपाली दूतावास र त्यहाँ रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी त्यो सम्मेलनमा सहभागी हुनुहुनेछ ।