प्रधानमन्त्री दाहालले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् ।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा उड्न लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् ।

‘प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका छन् । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उदृत गर्दै उनका प्रेस विज्ञ यशोदा अधिकारीले भनिन् ।

आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्