पौडेललाई राष्ट्रपतिमा भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन्।

 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन् । गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि भन्दै देउवाले ओलीलाई पत्र पठाएका छन् ।

एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङका लागि भोट मागेका थिए । यही फागुन २५ गते राष्ट्रपतिका लागि मतदान हुँदैछ।

 

प्रकाशित : 28 February, 2023

प्रतिक्रिया दिनुहोस्