सबै सांसदहरुलाई सम्बोधन गरी रामचन्द्र पौडेलले राष्ट्रपतिमा मत मागे

सहयात्रा टिभी

काठमाडौं । फागुन १८ , राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् ।

 

उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् । बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् ।

उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।

 

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्