रास्वपा कार्यालयमा भोट माग्दै पुगे सुवास नेम्बाङ

सहयात्रा टिभी

काठमाडौं । फागुन १८ , राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेको जानकारी प्राप्त भएको छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरामा रहेको रास्वपाको कार्यालयमा पुगेका हुन् । उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए ।

राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन् । यसअघि नेम्बाङसहित एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा गएर मत मागेका थिए ।

 

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्