सुटिङका क्रममा अभिनेत्री तथा निर्देशक दिव्या गम्भिर घाइते
सहयात्रा टिभी
एजेन्सी । चैत २, भारतीय अभिनेत्री तथा निर्देशक दिव्या खोसला कुमार हालै आफ्नो आगामी प्रोजेक्टको सुटिङका क्रममा गम्भीर घाइते भएकी छिन् ।
सुटिङका क्रममा उनी फलामको ग्रिलसँग ठोक्किएकी थिइन् जसका कारण उनको गालाको हड्डीमा गम्भीर चोट लागेको हो । घाइते भए पनि दिव्याले आफ्नो काम लगनशीलताका साथ सम्पन्न गरकाे कुरा सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।
आफ्ना प्रशंसक र शुभचिन्तकहरूका लागि दिव्याले इन्स्टाग्राम मार्फत आफ्ना तस्बिरहरू पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो आगामी प्रोजेक्टको एक्शन सिक्वेन्सका क्रममा गम्भिर घाइते भएकी छु । तर शो जारी रहनुपर्छ । तपाईंको आशीर्वाद र उपचार ऊर्जा सबैलाई अत्यन्तै आवश्यक छ ।’
दिव्याका प्रशंसकहरुले तुरुन्तै उनको कमेन्ट सेक्शनमा माया र शुभकामना र शीघ्र स्वास्थ्यलाभको लागि कामना गरिरहेका छन् ।