स्ववियु निर्वाचनमा मूलधारका दलहरुले केन्द्रीय नेताहरु नै खटाए

काठमाडौँ । चैत्र २, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टी निकट संगठनलाई जिताउनका लागि मूलधारका दलहरुले केन्द्रीय नेताहरु नै खटाएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले घोषित रुपमा नेताहरुलाई जिम्मेवारी दिएको छैन । तथापि, संयोजन भने केही नेताहरुले गरिरहेका छन् ।
आगामी आइतबार हुने स्ववियु निर्वाचनका लागि अरु दलभन्दा अघि बढेर माओवादीले केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्रले काठमाडौंका २२ क्याम्पसमा केन्द्रीय नेताहरुलाई खटाएको छ । कतिपय क्याम्पसमा माओवादी केन्द्रले दुई जना नेतालाई समेत संयोजनको जिम्मेवारी दिएको छ ।
सानोठिमी क्याम्पसमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा पार्टीबाट खटिएका छन् । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुर चुनावी संयोजनका लागि उपमहासचिव शक्तिबहादुर बस्नेतले जिम्मेवारी पाएका छन् ।