गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ

सहयात्रा टिभी

झापा । चैत ५, गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ परेका छन् । गौरादह नगरपालिका १ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्