शंकर पोखरेलले १० दलीय गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर

काठमाडौँ । चैत ९, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान दिए देशमा अस्थिरता देखिएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आज बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने कुरामा एमालेको कुनै योजना नरहेको बताउनु भयो ।
देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो ।