आजदेखि एक महिने रमजान पर्व शुरु

सहयात्रा टिभी

काठमाडाै । चैत १०,  इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ ।

एक महिनासम्म उनीहरु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४४ हो भने रमजानको नवौँ महिना हो । मुस्लिम क्यालेण्डरअनुसार आज बिहान ४ बजेर १० मीनेटदेखि बेलुकी ६ बजेर २० मीनेटसम्म उनीहरु पानी पनि खाँदैनन् । एकाबिहानै र रात परेपछि मात्रै खाना खाने गर्छन् । बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य छैन ।

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्