संसदमा दलका प्रतिनिधिहरुसँग सभामुख घिमिरेको छलफल

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, संसदमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग सभामुख देवराज घिमिरेको छलफल जारी रहेको जानकारी प्राप्त भएको छ ।

 

नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा प्रतिनिधिसभा नियमावली लगायतका विषयमा छलफल भइरहेको जनाएको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ । प्रतिनिधि सभामा पेश भइसकेको नियमावलीको मस्यौदाउपर दलहरुले संशोधन प्रस्ताव राख्ने समय सकिएको छ ।

सभामुख मनमौजी हुन सक्ने भन्दै सभामुखले विगतमा प्रयोग गर्दै आएको अधिकारलाई प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको क्षेत्राधिकारभित्र ल्याउने सत्तारुढ दलका सांसदहरुको प्रस्ताव छ ।

संसदमा आज दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भई छलफल चलिरहेको छ ।

 

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्