गृहको मातहतमा राहदानीको अधिकार राख्न मन्त्रिपरिषदलाई पत्र

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, हालै गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर राहदानी वितरणको अधिकार गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालय मातहतमा रहेको राहदानीको अधिकार गृह मन्त्रालयले आफू मातहत ल्याउन खोजेको पत्रमा लेखिएको छ । गृह मन्त्रालयका अधिकारीहरुले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण समेत गराएको जनाएको छ ।

‘नेपाली राहदानीसम्बन्धी सम्पूर्ण कार्य गृह मन्त्रालयको क्षेत्राधिकारभित्र ल्याई विदेशी निकायहरुमा हुने राहदानी सम्बन्धी कार्यहरुको लागि गृह मन्त्रालयले राहदानी सहचारी खटाउने व्यवस्था गर्ने’ गृह मन्त्रालयले यही चैत ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको ‘सुझाव कार्यान्वयन सम्बन्धी’ एउटा पत्रमा उल्लेख छ ।

 

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्