ओलीले ग्रासरुट कार्यक्रममा गरे रेसुंगा र रुरुको भ्रमण

सहयात्रा टिभी

काठमाडौं । चैत १४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  ‘मिसन ग्रासरुट’ कार्यक्रममा गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुगेको जानकारी प्राप्त भएको छ ।

रेसुङ्गामा ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताए । ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गरेका छन् । ओली मंगलबार गुल्मीका कार्यक्रम सकेर पाल्पाको कार्यक्रममा गएका छन् ।

 

प्रकाशित : 28 March, 2023

प्रतिक्रिया दिनुहोस्