मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सहयात्रा टिभी

मकवानपुर । चैत १५, मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 29 March, 2023

प्रतिक्रिया दिनुहोस्