रावलले अनुशासन उल्लङ्घन गर्नुभएको छ : विष्णु पौडेल

सहयात्रा टिभी

काठमाडौं । चैत १७, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले अनुशासन उल्लङ्घन गर्दै  एकपछि अर्को  पार्टीगत हित विपरीत काम गरेको आरोप लगाएका छन् ।

नेता रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै , रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए ।

पौडेलले भने, भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन ।  पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ ।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले, रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए ।

 

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्