वार्तामा मिटरब्याज पीडितले राखेका माग सहमति नजिक पुग्यो

काठमाडौं । चैत १७, सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।
शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताए ।
मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएको जानकारी प्राप्त भएको छ ।
अहिले खाना खानका लागि छोटो ‘ब्रेक’ भएको र खाना खाइसकेपछि फेरि बस्ने वार्तामा बाँकी छलफल हुने दाहालले बताए ।